उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथद्वारा प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता

देउवा आजै स्वदेश फर्किदै


२० चैत्र २०७८, आईतवार
aaditya

नयाँदिल्ली । भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान बनारस पुगेका प्रधानमन्त्री देउवासँग योगीले भेटेका हुन् ।
प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास
भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् ।

सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो । नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज यहाँ दिवाभोजको आयोजना गरेका छन् । त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो । भारत भ्रमण पुरा गरी प्रधानमन्त्री देउवा आजै बेलुकी स्वदेश फर्किदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७