कर्णालीमा मिनीबस खस्दा सहचालक बेपत्ता


२० चैत्र २०७८, आईतवार
Karnali 12 DUbI9k3dRv

कालीकोट । कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना गाउँपालिका-८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने कर्णाली नदीमा मिनीबस खसेको हो ।

नरहरिनाथ गाउँपालिका-१ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । आज दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए ।

‘हाम्रोमा भएको इन्ट्रीअनुसार बसमा तीन जना मात्र देखिएको छ, त्यसमध्ये एक जना बेपत्ता हुनुहुन्छ’, उनले भने, ‘चालकको अवस्था बोल्न नसक्ने छ, महिलालाई सामान्य चोट लागेको छ ।’ उनका अनुसार चालक कृष्णबहादुर शाही छन् । यात्रु महिला कालीकोटको पचाल झरना गाउँपालिका-८ की सलानी कार्की हुन्। बेपत्ता सहचालकको पहिचान खुलेको छैन । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७