सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर विष्फोट, तीन बालबालिकाको मृत्यु


२१ चैत्र २०७८, सोमबार
death

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिन्डर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ ।
आइतबार बेलुका खाना बनाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर विष्फोट भएको थियो । विष्फोटमा परेर तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोक प्रहरीले दिएको जानकारीअनुसार स्थानीय मीनबहादुर तामाङको घरमा रहेको एक सानो पसलमा विष्फोट भएको थियो । विष्फोटमा परेर १० वर्षका विशाल तामाङ, ६ वर्षका सरगम तामाङ र २ वर्षकी दिब्या तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७