सेभियालाई हराउँदै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा


२१ चैत्र २०७८, सोमबार
sho

काठमाडौं । पेड्रीले गरेको उत्कृष्ट गोलमा बार्सिलोनाले आइतबार स्पेनी ला लिगामा सेभियालाई १-० ले हराएको छ । यो जितपछि ज्याभीको बार्सिलोना सिजनमै पहिलो पल्ट दोस्रो स्थानमा उक्लिन पनि सफल रह्यो ।

क्याम्प नुमा भएको खेलमा १९ वर्षीय पेड्रीले ७२ औं मिनेटमा निर्णायक गोल गरे । यो जितपछि बार्सिलोनाको २९ खेलबाट ५७ अंक भएको छ । रियल म्याड्रिड भने ६९ अंकसहित शीर्ष स्थानमा छ । आइतबारका अन्य खेलमा रियल बेटिसले ओसासुनालाई ४-१ ले हरायो भने भ्यालेन्सियाले काडिजविरुद्ध गोरहित बराबरी खेल्यो ।

टोटनहमले न्युकासललाई ५-१ ले हरायो
लन्डन- इङलिस प्रिमियर लिगमा आइतबार टोटनहमले एक गोलले पछाडि रहेको स्थितिबाट न्युकासल युनाइटेडलाई ५-१ ले हराएको छ । यो जितपछि टोटनहम ५४ अंकसहित चौथो स्थानमा उक्लेको छ । अर्को खेलमा वेस्ट ह्यामले एभर्टनलाई २-१ ले पन्छायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७