पीएसजीको फराकिलो जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल


२१ चैत्र २०७८, सोमबार
PSG messi neymar

काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले लोरियन्टमाथि ५-१ गोल अन्तरको फराकिलो जित हात पारेको छ ।

पीएसजीलाई जित दिलाउने क्रममा टोलीका प्रमुख तीन खेलाडी लियोनेल मेस्सी, नेयमार र कायलिन एमबाप्पेले गोल गरे । नेयमार र एमबाप्पेले २/२ गोल गरे भने मेस्सीले १ गोल थपे । नेयमारले खेलको १२ औं र ९० औं मिनेटमा गोल गरेका थिए भने एमबाप्पेले २८ औं र ६७ औं मिनेटमा गोल गरेका थिए ।

मेस्सीले ७३ औं मिनेटमा गोल गरे । लिग वानमा पीएसजीले ३० खेलबाट ६८ अंक हात पारेको छ । दोस्रो स्थानमा रहेको मार्सिल्लेले समान खेलबाट ५६ अंक जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७