पाकिस्तान : इमरान खान अब कामचलाउ प्रधानमन्त्री


२१ चैत्र २०७८, सोमबार
imran khan


काठमाडौं- पाकिस्तानको मन्त्रिपरिषद्को महाशाखाले एक सूचना जारी गर्दै इमरान खान अब पाकिस्तानको निर्वाचित प्रधानमन्त्री नरहेको उल्लेख गरेको छ ।

महाशाखाले जारी गरेको सूचनाअनुसार राष्ट्रपतिले संविधानको धारा ५८(१) अनुसार संसद् विघटन गरेसँगै उनी अब निर्वाचित प्रधानमन्त्रीको रुपमा रहने छैनन् र यो नियम तत्कालदेखि लागू हुनेछ ।

इमरान खानका राजनीतिक सञ्चार मामिलाका सल्लाहकार शाहबाज गिलल सामाजिक सञ्जालमार्फत मन्त्रिपरिषद् महाशाखाको यो सूचना शेयर गर्दै यो नियम र कानुन पनि भएको उल्लेख गरेका छन् । अब संविधानको २२४ए-(४) अनुसार कार्यवाहक प्रधानमन्त्रीको व्यवस्था नहुँदासम्म खानले प्रधानमन्त्रीको रुपमा नै जिम्मेवारी निर्वाह गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७