एआईजी बढुवाविरुद्धको रिटको सुनुवाइ न्यायाधीश रेग्मीको इजलासमा


२१ चैत्र २०७८, सोमबार
sarbochha 1

काठमाडौं । नेपाल प्रहरीका तीन जना डीआईजीले एआईजी बढुवाविरुद्ध दायर गरेको रिटको सुनवाई न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

डीआईजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले एआईजी पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि हिजो पनि रिटको पेशी तोकिएको थियो । हिजो सो हेर्न नमिल्नेमा राखिएको थियो । डीआईजीहरु आफूभन्दा कनिष्ठलाई एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च पुगेका हुन् । सरकारले वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गरेको थियो । उनीहरुले दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७