सिमलटारमा कुवाको पानी खानुपर्ने बाध्यता हट्यो


२१ चैत्र २०७८, सोमबार
dhara
फाइल फोटो


तनहुँं । तनहुँको बन्दीपुर-२ सिमलटारस्थित खानेपानी योजना चार वर्षपछि सम्पन्न भएको छ । योजना सम्पन्न भएपछि त्यस क्षेत्रका बासिन्दाले कुवाको पानी खानुपर्ने बाध्यता हटेको छ ।

सङ्घीय सरकारको एक करोड ५० लाख ७० हजारको लागतमा योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोजन बानियाँले जानकारी दिए । योजनाबाट २२५ परिवार लाभान्वित भएका छन् । सोही वडाको गिदारीबाट लिफ्ट गरी करिब एक किलोमिटर दूरीबाट पानी ल्याइएको हो । योजनाबाट सिमलटार, चामुण्डा, धारापानी र थुम्कीका बासिन्दा लाभान्वित भएका छन् । कोरोना सङ्क्रमणका कारण निर्धारित समयभन्दा ढिला योजना सम्पन्न भएको बानियाँले बताए।

घरघरमा पानी उपलब्ध भएपछि स्थानीयवासी खुसी भएका छन् । समितिका सचिव रत्नबहादुर कार्कीका अनुसार यसअघि टाढाबाट पानी बोक्नुपर्ने बाध्यता थियो । गाउँमा ८५ धाराबाट पानी वितरण गरिएको छ । ‘पानी लिन कुवा धाउनु पर्ने समस्याको अन्त्य भएको छ’, स्थानीय शेरबहादुर नेपालीले भने । पानी पुगेपछि तरकारी र फलफूल खेती गर्न समेत सहज भएको छ । उक्त योजनाको आइतबार एक कार्यक्रमबीच नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उद्घाटन गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७