ग्वाङखोलामा चैतमै बाढी, पाँच करोड ४१ लाखको निर्माणाधीन पक्की पुल भत्कियो


२१ चैत्र २०७८, सोमबार
Badhi sindhuli

सिन्धुली । बेमौसमी वर्षासँगै सदरमुकाम सिन्धुलीमाडीको ग्वाङखोलामा आइतबार राति आएको बाढीले निर्माणको अन्तिम चरणमा रहेको पक्की पुल भत्काएको छ । कमलामाई नगरपालिका-६ को माढीबजार पुछार र वडा नम्बर-५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल ग्वाङखोलाको बाढीले भत्काएको हो । ढलानको तयारीमा रहेको पुलका सबै संरचना बगाएको निर्माण कम्पनी जानकारी दिएको छ । खोलामा पानी निकासका लागि राखिएको सानो ह्यूम पाइप पर्याप्त नहुँदा बाढीले पुलका संरचना बगाएको हो ।

पुल बगाउँदा करिब तीन करोडको क्षति भएको आंकलन निर्माण कम्पनी देवीरमण जेभीका प्राविधिकले गरेका छन् । ‘आइतबार दिनभर मौसम सामान्य नै थियो,’ जेभीका प्रोजेक्ट म्यानेजर कुमार रिजालले भने, ‘वर्षा लागेकै छैन, चैत्र महिनामा नै यति ठूलो बाढी आउँला भनेर सोंच्कै थिएन, ठूलो क्षति भयो ।’ तीन दिनपछि पुल ढलानका लागि सबै तयारी पूरा हुन लागेको रिजालले बताए । वागमती प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण शुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको छ ।

योसँगै केही महिनापछि नै पुलबाट वारपार गर्ने कारागार क्षेत्रका बासिन्दाको सपना धकेलिएको छ । खोलाको निकासका लागि पर्याप्त ठाउँ नराख्दा ठूलो क्षति भएको स्थानीयले जनाएका छन् । ‘ खोलाको निकास सानो भयो, बाढी ठूलो आयो । त्यै भएर पुल बगायो,’ स्थानीय रामप्रसाद देवकोटाले भने, ‘खोला थुनेर काम गर्दा यो क्षति भयो । अबचैं पुल बन्ला र खोला बाढीमा हेलिनु नपर्ला भनेको फेरि अब कति वर्षलाई धकेलिने हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७