माछा मार्ने क्रममा नदीले बगाउँदा युवक बेपत्ता


२१ चैत्र २०७८, सोमबार
dubera
सांकेतिक तस्वीर


ताप्लेजुङ । माछा मार्ने क्रममा तमोर नदीले बगाउँदा एक युवक बेपत्ता भएका छन् । मिक्वाखोला गाउँपालिका-२ का तिलबहादुर खोक्लिङका छोरा पर्वत खोक्लिङ नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार उनी साथीहरूसँग माछा मार्न तमोर नदीमा गएका थिए । नदीले अचानक बगाएपछि उनका साथीहरुले खबर गरेका थिए । घटनाबारे खोज अनुसन्धान र बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनाबारे आज बिहान मात्र प्रहरीलाई खबर गरिएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक कैलाश राईले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७