टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्र बने १,००० रन बनाउने पहिलो नेपाली खेलाडी


२१ चैत्र २०७८, सोमबार
dipendra airi 1648888931

काठमाडौं । युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १,००० रनको कीर्तिमानी बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार पपुवा न्यूगिनी विरुद्धको खेलमा उनले १,००० रनको कोशेढुङ्गा पार गरेका हुन् । उनी टी-२० मा १,००० रन बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

आज (सोमबार) को खेलमा २१ रन जोडेसँगै उनको नाममा नयाँ कीर्तिमान बनेको हो । यसअघि उनले ३८ खेलमा ९७९ रन बनाएका थिए । उनी नेपालका तर्फबाट सबैभन्दा बढी रन बनाउने खेलाडी हुन् ।

दोस्रो नम्बरमा पारस खड्का छन् । उनले ३२ खेलमा ७७८ रन बनाएका छन् । त्यस्तै, तेस्रो नम्बरमा रहेका ज्ञानेन्द्र मल्लले ३४ खेलमा ७४८ रन बनाएका छन् । दिपेन्द्रले पीएनजीविरुद्ध १३ औं ओभरको तेस्रो बलमा २ चौका मद्दतमा २१ रन बनाएपछि यो कीर्तिमान बनाएका हुन् । उनले ३४ इनिङ्गमा एक शतकको मद्दतमा यो कीर्तिमान बनाएका हुन् ।

उनले ४ अर्धशतक, ७८ चौका र ३२ छक्का प्रहार गरेका छन्। टी२० आईमा दिपेन्द्रले सिरिज अन्तर्गत नै मलेसियाविरुद्ध ११० रनको नटआउट पारी खेलेका थिए। जुन टि २० आईमा उनको सर्वाधिक रन हो । उनीपछि पूर्व कप्तान खड्का ३३ खेलमा ७९९ रन बनाउँदै दोस्रो स्थानमा छन् । मल्लले ४० खेलमा ७४८ रन बनाएर तेस्रो स्थानमा छन् । कुशल भुर्तेल ५६४ रन बनाएर चौथो स्थानमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७