भीम रावलको गृह जिल्ला अछाममा एमालेविरुद्ध तीन दलीय गठबन्धन


२१ चैत्र २०७८, सोमबार
five party achham

अछाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेता भीम रावलको गृह जिल्ला अछाममा पनि कांग्रेस र माओवादीसहितका तीन दलले गठबन्धन गर्ने निर्णय भएको छ ।

आइतबार बसेको कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीका जिल्ला नेताको बैठकले सबै स्थानीय तहमा गठबन्धन गरेर जाने निर्णय लिएको हो ।

‘केन्द्रीय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन- २०७९ मा १० वटै स्थानीय तह र ९१ वटै वडाहरूमा गठबन्धन अघि बढाउन हामी सहमत छौं’, उनीहरुले भनेका छन्, ‘स्थानीय तहका कमिटी र कार्यसमितिहरूलाई गठबन्धनको मम र भावना अनुसार अघि बढ्न हामी सार्वजनिक अनुरोध गर्दछौं ।’

गठबन्धनमा कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रवीन्द्र साउद र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराई छन् ।

rawal

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७