युक्रेनको राजधानी कीभमा चार सय शव भेटियो, ठाउँ-ठाउँमा चिहान


२१ चैत्र २०७८, सोमबार
ukraine dead

कीभ । रूसी सेना फर्किएपछि कीभ क्षेत्रमा नागरिकहरूको शव यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ । अहिलेसम्म कम्तिमा चार सय युक्रेनी नागरिकको शव फेला परेको छ ।

द्वन्द्वग्रत क्षेत्रको भग्नावशेषमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आंकलन गरिएको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसी कब्जामा परेका बुचा, इरपिन र होस्टोमेलका स्थानीय बासिन्दाहरूलाई खोज्ने प्रयास जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो सहरमा सामूहिक चिहान पनि फेला परेको छ ।

शव चिहानभित्र थुपारेर राखेको अवस्थामा फेला परेको छ । त्यस क्षेत्रमा ३ सय भन्दा बढीको शव हुनसक्ने अधिकारीहरूले जनाएका छन् । यसैबीच, युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले कीभको उत्तरपश्चिमी भागमा रहेको बुचामा भएको हत्याको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई आग्रह गर्नुभएको छ ।

कुलेबाले रुसी सेनाहरूले ‘क्रोधमा’ नागरिकहरूलाई मारेको आरोप लगाउए । युरोपेली संघ र नाटोका नेताहरूले नागरिकको हत्याको निन्दा गर्दै युद्ध अपराधको लागि जवाफदेहिता र अनुसन्धानको लागि आह्वान गरेका छन् । यता रुसले भने मृतकको तस्वीरलाई नक्कली भन्दै अस्वीकार गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७