सन्दीपको कप्तानीमा त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधि नेपाललाई


२१ चैत्र २०७८, सोमबार
sandeep

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखला (सिरिज) को उपाधि नेपालले उचालेको छ । आज भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २३ बल बाँकी छदै ५१ रनले हराएको छ ।

टस हारेर टस हारेर ब्याटिंगको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन जोड्दै १६९ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पन्छ्याउने क्रममा पीएनजी १६.१ ओभरमा अल आउट हुँदै ११८ रन मात्र जोड्न सक्यो । पीएजीलाई रोक्ने क्रममा नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ४ ओभर बलिङ् गर्दै १८ रन खर्चेर ४ विकेट लिए । यस्तै कप्तान सन्दिप लामिछानेले ४ ओभर बलिङ् गर्दै २५ रन खर्चेर २ विकेट लिए। यस्तै करन केसीले ३ विकेट लिए ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ बलको सामना गर्दै अविजित ५४ रन जोडे । आशिफ शेखले २९ बलको सामना गर्दै समान २९ रन जोडे। यस्तै करन केसीले अविजित ३३ रनको पालि खेल्दा कुशल भुर्तेलले २५ रन जोडे । यस्तै पीएनजीका लागि सेमो कमिएले ३ विकेट लिए । चड सोपर, काबुआ मोरीए रेल्यि हुकुरेले समान १-१ विकेट लिए । पीएनजीका लागि सेसे बाउले सर्वाधिक ५९ रनको योगदान गरे । त्यस्तै चार्लिज अमिनीले १५ रन जोडे ।

नेपाल सिरिजको ४ खेलमा ४ खेल जित्दै फाइनल प्रवेश गरेको हो भने पीएनजी ४ खेल मध्ये १ खेल जित्दै कुल रनरेटका आधारमा मलेसियालाईपछि पार्दै फाइनल प्रवेश गरेको हो । नेपालले पीएनजीलाई हराएर एक दिवसीय सिरिजको पनि बदला लिएको छ । पीएनजीले यसअघि नेपालविरुद्धको दुई खेलको एक दिवसीय सिरिज २-० ले जितेको थियो । गत सोमबारदेखि सुरु भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपाललगायत पीएनजी र मलेसिया सहभागि रहेका थिए । सन्दीपको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७