नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त


२१ चैत्र २०७८, सोमबार
Vinaya Mohan kwatra 1

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त भएका छन् । भारत सरकारले उनलाई सचिवमा नियुक्त गरेको हो ।

क्वात्रा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा सँगै गएका थिए । उनी अहिले पनि दिल्लीमै रहेको बताइएको छ । क्वात्राले यसअघि भारतको विदेश मन्त्रालयमा पनि काम गरेको अनुभव छ । क्वात्राले हालका विदेश सचिव हर्ष श्रृंगलालाई प्रतिस्थापन गर्नेछन् । श्रृंगलाले अप्रिल ३० देखि भारतीय विदेश सेवाबाट अनिवार्य अवकाश पाउँदै छन् ।

प्रधानमन्त्री शेरबहादुर देउबाको भारत भ्रमण सकिएको भोलीपल्ट नेपालस्थित भारतीय राजदुत क्वात्रा बिदेश सचिवमा नियुक्त भएका हुन । क्वात्रा जनवरी ३०, २०२० मा नेपालका लागि भारतीय राजदूत नियुक्त भएका थिए ।

भारतीय मन्त्रिपरिषद अन्तर्गतको नियुक्ती समितीले क्वात्रालाई सोमबार विदेश सचिव नियुक्त गरेको हो । उनी नेपाल आउनुअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । क्वात्रा सन् १९८८ मा विदेश सेवामा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७