२०७४ सालको मतका आधारमा हुने बाँडफाँड अस्वीकार्य : डा. बाबुराम भट्टराई


२१ चैत्र २०७८, सोमबार
baburam bhattarai
फाइल फोटो

रुपन्देही । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले २०७४ सालको मतका आधारमा हुने बाँडफाँड स्वीकार्य नहुने बताएका छन् । रुपन्देहीको शुद्धोधनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले गठबन्धनमा २०७४ सालको मतका आधारमा हुने बाँडफाँड स्वीकार्य नहुने बताएका हुन् ।

उनले आफ्नो पार्टी नयाँ बनेकाले २०७४ को निर्वाचनको आधारमा हुने भागबण्डा स्वीकार्य नहुने बताए । आफ्नो पार्टी देशलाई विकल्प दिने गरी नयाँ बनेको भन्दै उनले अरु पार्टीहरू पुराना रुख भएको बताए । उनले भने, ‘पुराना रुखबाट केही फल्ला भन्ने आशा हुन्छ । तर अहिले पार्टीबाट फल्दैन बरु हाम्रो पार्टी नयाँ विरुवा भए पनि राम्रो फल लाग्ने छ , धेरै फल्ने छ ।’

भट्टराईले पुराना दललाई भोट दिएर नयाँ नजिता नआउने पनि बताए । उनले पुराना दलहरुले चुनाव जितेर आफ्ना मान्छेलाई ठेक्का दिने र भ्रष्टाचार मात्रै गर्ने गरेकाले अबको चुनावमा जनताले विकल्प खोज्नुपर्ने बताए । विदेशमा युवाको श्रम निर्यात गरेर देश विकास नहुने भन्दै विदेशबाट प्रविधि र पुजी भित्र्याएर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७