यस पटक भरतपुरमा जस्तो तालमेल हुन्न : डा. शेखर कोइराला


२१ चैत्र २०७८, सोमबार
HB GANDAKI SHEKHARKOIRALA

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहमा औचित्यका आधारमा तालमेल गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले चुनावी तालमेल गर्ने अधिकार प्रदेश, जिल्ला, नगर र वडालाई भएकाले औचित्य आवश्यकताअनुसार निणर्य लिन कार्यकर्तालाई आग्रह गरे ।
जथाभाबी टिकट वितरण गर्ने होइन सक्षम र योग्य उम्मेद्वारलाई निर्वाचनमा टिकट दिनुपर्छ भन्दै उनले भने, ‘प्रदेशले कांग्रेसको विधानअनुसार प्रदेश भर समन्वयकारी भूमिका निर्वाह गर्नु पर्दछ ।’

नेता काइरालाले तालमेलका नाममा विसं २०७४ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेका स्थानमा कांग्रेसले हारेको तर माओवादीलाई कांग्रेसले जिताएको स्मरण गर्दै विगतमा भरतपुर महानगरपालिका जस्तो तालमेल गर्न नहुने बताए ।

नयाँ मतदातालाई रुख बाहेक अन्य चिह्नमा कसरी मतदान गर्न लगाउने त्यो कुरा कांग्रेसका लागि चुनौती भएको बताउँदै नेता कोइरालाले भने, ‘एकातिर घरघर जाऔं कांग्रेस जिताऔं अभियान जुटेको पार्टी कार्यकर्ताले गठबन्धनका नाममा कसरी माओवादीलाई भोट हाल कसरी भन्ने यसको व्यवस्थापन गर्नुपर्छ ।’

कांग्रेस केन्द्रीय सदस्य मधु आर्चायले कांग्रेसको एजेण्डामा गएर अन्य दलहरू पनि चुनाव लड्न तयार हुनुपर्नेमा जोड दिए । पार्टी गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कांग्रेसले स्थानीय तहमा उत्साह दिने किसिमको उम्मेदवार सिफारिस हुनुपर्ने र जनताको मन जित्त सक्ने नेताले टिकट पाउने विश्वास व्यक्त गरे । कांग्रेस नेता जगदिश नरसिंह केसी, गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, महामन्त्री किरणबाबु क्षेष्ठ लगायतले स्थानीय तहको निर्वाचन र तालमेलका बारेमा पार्टीले गम्भीर भएर लाग्नु कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७