पाकिस्तान : इमरान खानले पठाए कार्यवाहक प्रधानमन्त्री नियुक्तिका लागि यो नाम


२१ चैत्र २०७८, सोमबार
imran khan

काठमाडौं । पाकिस्तानमा जारी राजनैतिक सङ्कट समाधानका लागि भन्दै पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई) अध्यक्ष इमरान खानले सोमबार पूर्व मुख्य न्यायाधीश गुलजार अहमदलाई पाकिस्तानको कामचलाउ प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेको पाकिस्तानी सूचना तथा प्रसारण मन्त्री फवाड चौधरीले पुष्टि गरेका छन् ।

प्रभात अखबारका अनुसार पीटीआईको उच्च स्तरीय समितिबाट अनुमोदन भएपछि इमरान खानले यस्तो निणर्य गरेको उनले बताए । गुलजार अहमदको नामाङ्कन संविधानको धारा २२४- क (१) अन्तर्गत काम चलाउ प्रधानमन्त्रीको रूपमा नियुक्तिका लागि उपयुक्त व्यक्तिहरूको नाम प्रस्ताव गर्न राष्ट्रपति डा. आरिफ अल्वीले सोमबार प्रधानमन्त्री तथा विपक्षी नेतालाई लेखेको पत्रपछि खानले उक्त प्रस्ताब गरेको बताइएको छ ।

इमरान खानविरुद्धको अविश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले खारेज गरेको एक दिनपछि प्रधानमन्त्रीबारे यस्तो निणर्य गरिएको हो । राष्ट्रपति आरिफ अल्वीले खानको सल्लाहमा राष्ट्रिय सभा भङ्ग गरेका छन् । सन् २०१९ को डिसेम्बर २१ मा पाकिस्तानको २७ औं प्रधान न्यायाधीशका रुपमा शपथ लिएका अहमदको जन्म २ फेब्रुअरी १९५७ मा कराँचीमा भएको थियो । प्रभात अखबारका अनुसार उनले सन् २०२२ फेब्रुअरीसम्म प्रधानन्यायाधीशको रूपमा काम गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७