अफगानिस्तान बन्यो विश्वकपमा खेल्ने अन्तिम टोली


१० चैत्र २०७४, शनिबार
afghanistan 2015 icc cricket world 92f41de2 625a 11e7 8e9a 26934b659213

 

काठमाडौं: अफगानिस्तान विश्वकप क्रिकेटमा स्थान बनाउने अन्तिम टोली बनेको छ । शुक्रबार आइरल्याण्डलाई ५ विकेटले हराउँदै अफगानिस्तानले २०१९ विश्वकपमा स्थान बनाएको हो ।afghanistan 2015 icc cricket world 92f41de2 625a 11e7 8e9a 26934b659213

अफगान त्यही टोली हो, जसले समूह चरणमा मात्र एक खेल जितेको थियो र नेपालले हङकङलाई हराएका कारण मात्र नेट रन रेटका आधारमा सुपर सिक्समा स्थान बनाएको थियो ।

लगातार तीन खेल हारेको अफगानले नेपाललाई मात्र हराएको थियो । तर, नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएका कारण तीन टोलीको समान २-२ अंक भयो र रन रेटमा अगाडि रहँदै अफगान सुपर सिक्समा पुगेको थियो ।

यदि नेपाल हारेको भए हङकङ सुपर सिक्समा पुग्थ्यो भने अफगान बाहिरिने थियो । हरारेमा आयरल्याण्डले अफगानिस्तानसामू २१० रनको लक्ष्य प्रस्तुत गरेको थियो, जसलाई अन्तिम ५ बल खेल्नु अघि मात्र ५ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात राम्रो रहृयो । मोहम्मद शाहजाद र गुलाबदिन नाबीले पहिलो विकेटका लागि ८६ रनकबो साझेदारी गरे । शाहजाद ५४ रनमा आउट भए । राहमत साह मात्र १२ रनमा आउट भए भने तेस्रो विकेटका रुपमा नाबी पनि ४५ रनमा आउट भए, जतिबेला टिमको स्कोर १४५ रन थियो ।

समिउल्लाह सेनवारीले कप्तान अस्गर स्टानिकजाइसँग ३६ रनको साझेदारी गरे । स्टानिकजाइले नजिबुल्लाह जादरानसँग मिलेर बाँकी रन पुरा गर्दै टिमलाई जित दिलाए ।

यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २०९ रन बनाएको थियो । उसका पल स्टर्लिङले सर्वाधिक ५५ रन बनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७