सात अर्बको कार्यक्रम, ५१ हजारलाई रोजगारी


२२ चैत्र २०७८, मंगलवार
pm rojgar 1
फाइल फोटो

काठमाडौं । विवादका बीच प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत चालू आर्थिक वर्षको हालसम्म ७ अर्ब १३ करोड रुपैयाँ बराबरका रोजगारमूलक परियोजना सञ्चालन भएका छन् ।

सरकारले चालू आर्थिक वर्षका लागि रोजगारमूलक कार्यक्रम सञ्चालन गर्न १२ अर्ब रुपैयाँ विनियोजन गरेकोमा ७ अर्बमा १७ हजार १६३ परियोजना सञ्चालन गरेर ३१ लाख ६२ हजार कार्य दिनको रोजगारी सिर्जना गरिएको कार्यक्रमले जानकारी दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसालले हाल देशभरका ६८३ स्थानीय तहले रोजगारमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले हालसम्म औषत १०० दिनको रोजगारी पाउने बेरोजगारको संख्या ५१ हजार रहेको जानकारी दिए । यस बाहेक हाल सञ्चालन भइरहेको रोजगारमूलक कार्यक्रममा सहभागीको संख्या भने बढी हुने मन्त्रालयले जनाएको छ ।

सरकारले चालू आवमा २ लाख बेरोजगारलाई औसत १०० दिने रोजगारी दिने लक्ष्य राखेको भए पनि हालसम्म औसत १२ दिन रोजगारी दिएको देखिन्छ । हाल देशभर लाख ७० हजार २०० पुरुष र ३ लाख ३५ हजार ५५२ सहित ७ लाख ८ हजार ४५ बेरोजगारले रोजगारीको माग गर्दै बेरोजगार सूचीमा नाम दर्ता गराएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । कारोबार दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७