यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना


२२ चैत्र २०७८, मंगलवार
kuhiro

काठमाडौं । नेपालका केही भू-भागमा आज (मंगलबार) पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश-१ को पहाडी भू-भागका केही स्थानका साथै वागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश- १, वागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ ।

विभागका अनुसार आज राति प्रदेश-१ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१ को पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७