रुसी फौजमा नयाँ भर्ती भएकालाई पुराना राइफल, मरेका भ्यागुता भएका पोखरीको पानी पिउन बाध्य


२२ चैत्र २०७८, मंगलवार
russia

मस्को । युक्रेनविरुद्ध लड्नका लागि डोन्बस क्षेत्रबाट रुसी फौजमा भर्ती गरिएकाहरूलाई उन्नाइसौं शताब्दीको उत्तरार्धमा डिजाइन गरिएका निकै पुराना राइफल भिडाइएको छ । साथै उनीहरूलाई मरेका भ्यागुता भरिएका पोखरीको पानी खान बाध्य पारिएको छ ।

एउटा स्वचालित हतियार दिइएका एक जना विद्यार्थीले रोयटर्सलाई भनेका छन्, ‘मलाई यो हतियार कसरी चलाउने भन्ने सिकाइएको नै छैन । मलाई युक्रेनी फौजलाई धपाउने आदेश दिइएको छ । मलाई एउटा मोर्टार युनिटमा राखिएको छ । तर कुनै पनि आवश्यक प्रशिक्षण दिइएको छैन । अहिलेसम्म मैले मोर्टार भनेको फिल्ममा मात्र देखेको छु । साँच्चै मलाई मोर्टार कसरी चलाउने भन्नेबारे केही पनि थाहा छैन ।’

बिना तालिमका एक अर्का सैनिकका पत्नीले रोयटर्सलाई भनेकी छन्, ‘मेरो पतिलाई स्वचालित बन्दुक चलाउन त के राम्ररी समाउन पनि आउँदैन ।’ युक्रेनी अधिकारीहरूले शेयर गरेका दर्जनौं पश्चिमी ब्रिफिङ र सूचनामा रुसी फौजमा नैतिकताको स्थिति र अन्य आपूर्ति क्षेत्र निकै नाजुक रहेको उल्लेख गरिएपछि रोयटर्सको खबर सार्वजनिक भएको हो ।

गत साता एक जना रुसी सैनिकले एउटा अडियो टेपमा रुसी पक्षको ठूलो क्षतिप्रति दुःख व्यक्त गर्दै भनेका थिए, ‘सेनामा मूर्ख तथा काम नलाग्नेहरूको बिगबिगी छ । हाम्रो ब्रिगेडमा धेरै व्यक्ति घाइते भएका छन् । हामी किन यहाँ छौँ भन्ने पनि स्पष्ट छैन ।’

अहिले रुसले शुरुमा कब्जा गरेका दर्जनौं स्थानमा राष्ट्रपति भ्लादिमिर पुटिनको नाममा भएका भयावह हमलाको वास्तविकता उजागर गर्दै युक्रेन अघि बढी सकेको छ । रोयटर्सले यो रिपोर्ट तयार पार्न सम्बन्धित छ जना व्यक्तिसँग कुराकानी गरेको जनाएको छ । डेली विस्टबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७