पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन बाइडेनको आह्वान


२२ चैत्र २०७८, मंगलवार
putin biden

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन् । उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने बताएका छन् ।

बाइडेनले युक्रेनको बुचा शहरको स्थितिबारे स्मरण गराउँदै पुटिनलाई ‘युद्ध अपराधी’ को संज्ञा दिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभलाई घेर्ने शहरहरुमध्ये एक बुचाको स्थलगत भ्रमण गरेपछि बाइडेनको यो अभिव्यक्ति सार्वजनिक भएको हो । युक्रेनी अधिकारीहरुले बुचामा नागरिकका थुप्रै शव भेटिएको दाबी गरेका थिए ।

जेलेन्स्कीले रुसी कार्यलाई ‘आम नरसंहार’ को संज्ञा दिँदै पश्चिम जगतलाई रुसमाथि कडा नाकावन्दी लगाउन आह्वान गरेका छन् । हालै रुसी नियन्त्रणबाट फिर्ता लिइएको बुचामा ४१० जना सर्वसाधारणको शव फेला परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७