खोटाङ : ३५ मतदानस्थल अति संवेदनशील, कुन स्थानीय तहमा कति मतदाता ?


२२ चैत्र २०७८, मंगलवार
chunab

खोटाङ । आगामी वैशाख ३० गते देशभर एकैसाथ सञ्चालन हुने स्थानीय तहको निर्वाचनअन्तर्गत खोटाङमा १३६ मतदानस्थल र १९४ मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये ३५ वटा अतिसंवेदनशील, ५८ वटा संवेदनशील र ४३ वटा सामान्यमा राखिएको छ ।

सुरक्षा संयन्त्रको पहुँच, विगतका घटना र भौगोलिक विकटताको आधारमा जिल्लामा तीन समूहमा वर्गीकरण गरेर शान्ति/सुरक्षाको व्यवस्था मिलाउने तयारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।

कुन स्थानीय तहमा कति मतदाता ?
१० स्थानीय तह रहेको खोटाङमा यसवर्षको निर्वाचनमा एक लाख ४३ हजार ७५२ जनाले मतदान गर्न पाउने भएका छन् ।

स्थानीय निर्वाचनमा जिल्लाका ६८ हजार ७४६ महिला र ७५ हजार ६०० ले मतदान गर्न पाउने भएका हुन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ३४ हजार ७८, हलेसी तुवाचुङ नगरपालिकामा २० हजार ९२१ मतदाता छन् ।

त्यस्तै केपिलासगढी गाउँपालिकामा १० हजार ८३८, ऐंसेलुखर्क गाउँपालिकामा ११ हजार ४९५, रावाबेंसी गाउँपालिकामा नौ हजार ६१८, साकेला गाउँपालिकामा आठ हजार ५४८, खोटेहाङ गाउँपालिकामा १५ हजार २४५, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १३ हजार ४३१, बराहपोखरी गाउँपालिकामा नौ हजार ३६४ र जन्तेढुङ्गा गाउँपालिकामा १० हजार २१३ मतदाता छन् ।

यो वर्ष कायम भएको जिल्लाभरका कूल मतदातामध्ये २०७४ को निर्वाचनको तुलनामा २८ हजार ११० मतदाता बढी रहेको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७