सल्यानमा जीप दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते


२२ चैत्र २०७८, मंगलवार
Jeep Accident at Salyan

सल्यान । सल्यानमा आज (मंगलबार) बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका-१ दारिमचौरबाट श्रीनगरतर्फ आउँदै गरेको भे १ ज ३३६ नम्बरको जीप आज बिहान ६ बजेतिर दुर्घटना हुँदा सहचालक १८ वर्षीय नारायण वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

गाडी शारदा नगरपालिका-१ को दारिमचौरस्थित कच्ची सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए । दुर्घटनामा गाडी चालक २१ वर्षीय थलराज वली सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७