रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन


२२ चैत्र २०७८, मंगलवार
stta gathabandhan GtZ1uWwiB8

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।

आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकले उक्त निर्णय गरेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए । उनका अनुसार उक्त समितिमा विभिन्न पार्टीका नेताहरूलाई समेटिएको छ । आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालै सम्पन्न भारत भ्रमणका विषयमा ‘बिफ्रिङ’ गरेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७