चीनमा फेरि तीब्र गतिमा फैलिंदै कोरोना संक्रमण, एकै दिन साढे १६ हजार जना संक्रमित


२२ चैत्र २०७८, मंगलवार
china corona

काठमाडौं । चीनमा कोरोना संक्रमण पुनः तीब्र गतिमा फैलिन थालेको छ । चीनका २७ वटा प्रान्तमा एक साथ फैलिएको ओमिक्रोन भेरिएन्टबाट एकै दिन १६ हजार ४ सय १२ जनामा संक्रमण पुष्टी भएको छ । जसमा संघाई शहरमा मात्रै एकैदिन ८ हजार ५८१ जना संक्रमित भएका छन् ।

संघाइमा कोरोना नियन्त्रणका लागि आंशिक रुपमा लकडाउन घोषणा गरिंदा पनि संक्रमितको संख्या नघटेको बताइएको छ । सरकारले १ करोड भन्दा बढी नागरिकको कोरोना जाँच गर्न निर्देशन दिएको छ । साथै अनावश्यक रुपमा घर बाहिर ननिस्कन र सावधानी अपनाउन पनि अपिल गरिएको छ ।

चीनमा ओमिक्रोन भेरियन्ट ढिला गरी फैलिन थालेको हो । कोरोना नियन्त्रणका लागि चीन सरकारले थप कदम चाल्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७