एआईजी बढुवाविरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा


२२ चैत्र २०७८, मंगलवार
aig Badhuwa

काठमाडौं । सरकारले गरेको एआईजी बढुवाविरुद्ध तीन डीआईजीले दायर गरेका रिट आज (मंगलबार) न्यायाधीश कुमार चुडालको इजलासमा परेको छ । यसअघि आइतबार र सोमबार न्यायाधीश कुमार रेग्मीको इजलासमा पर्दा सुनुवाइ हुन सकेको थिएन । हेर्न नमिल्ने भन्दै न्यायाधीश रेग्मीले सुनुवाइ गरेका थिएनन् । गोला प्रथाबाट पेशी तोक्दा दुई पटक न्यायाधीश रेग्मीको एकल इजलासमा परेको थियो । मंगलबार चुडालको इजलासमा परेसँगै सुनुवाइ हुने सम्भावना देखिएको छ ।

डीआईजी ईश्वरबाबु कार्कीको रिट चौथो नम्बरमै छ । घनश्याम अर्याल र प्रकाशजंग कार्कीका रिट भने पछि छन् । ईश्वरबाबु कार्कीको रिट बिहीबार नै दर्ता भएको थियो । अरु दुई डीआईजीको रिट आइतबार मात्रै दर्ता भएको हो ।

सरकारले वरीयता मिचेर कनिष्ठलाई बढुवा गरेको भन्दै असन्तुष्ट तीन डीआईजी सर्वोच्च अदालत गुहार्न पुगेका हुन् । वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई सरकारले गत बिहीबार एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । उनीहरुलाई बढुवा सिफारिस गर्नासाथ तीन डीआईजीले त्यसविरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए । तर समितिले पनि न्याय नदिएको भन्दै उनीहरुले सर्वोच्चमा मुद्दा हालेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७