सत्ता गठबन्धन बैठक : सरकारले देशको आर्थिक संकटबारेमा अर्थविद्सँग वृहत छलफल गर्ने


२२ चैत्र २०७८, मंगलवार
Satta scaled

काठमाडौं । सत्तारुढ दलको बालुवाटारमा बसेको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा समिति गठन भएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक रमेश मल्लले जानकारी दिएका छन् ।

प्रधानन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे बैठकमा ब्रिफिङ भएको थियो । आर्थिक संकटबारे विज्ञहरुसँग छलफल गरेर थप कदम चाल्ने पनि निणर्य भएको मल्लले बताए । ‘देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रिया आयोजना गर्ने र सुझावको आधारमा ठोस् कदम चाल्ने निर्णय भयो,’ उनले भने ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा, कांग्रेस नेता पौडेल, माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईलगायत सहभागी छन् । स्थानीय तहको निर्वाचनमा तालमेल गर्नेबारे चैत १७ गते औपचारिक निणर्य गरेको गठबन्धनले अहिले स्थानीय तहमा गठबन्धनमा रहेका दलहरुको अवस्थाबारे अध्ययन गरिरहेको छ । मंगलवार सबै पार्टीले आ-आफ्नो अवस्थाबारे गठबन्धनलाई रिपोर्टिङ गर्ने समय तोकिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७