रामचन्द्र पौडेल गठबन्धनका चुनावी ‘कमाण्डर’, समितिमा अरु को-को छन् ? (सूचीसहित)


२२ चैत्र २०७८, मंगलवार
Ramchandra Poudel

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलले गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले पूर्णता पाएको छ । गठबन्धनका नेताहरूको मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्व (कमाण्ड) मा समिति गठन गरेको थियो । सो समितिलाई विस्तार पनि गरिएको छ ।

समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सदस्य बनाइएको छ । माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन र देव गुरुङ तथा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट महासचिव डा. वेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेललाई सदस्य बनाइएको एक नेताले जानकारी दिए ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट नेता अशोक राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई प्रतिनिधित्व गराइएको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट भने हिमाल पुरी समिति सदस्य बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७