पाल्पामा चार दलबीच तालमेलको सहमति, एक-अर्कालाई गाली नगर्ने


२२ चैत्र २०७८, मंगलवार
palpa four party YivZiTQNL5

पाल्पा । सत्ता गठबन्धनका चार दलले पाल्पामा चुनावी तालमेलको निर्णय गरेका छन् । पाल्पाका चार दलले स्थानीय तह निर्वाचनमा जिल्लाका ८ वटै पालिका र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेका हुन् ।

चुनावी तालमेलबारे जानकारी दिन मंगलबार जारी प्रेस विज्ञप्तिमा गठबन्धन दलहरुका बीचमा गठबन्धनको मर्म र भावनाविपरित आरोप-प्रत्यारोप नगर्न, सामाजिक सञ्जाललगायतका सञ्चार माध्यमबाट गालीललौज नगर्न आ-आफ्ना दलका नेता-कार्यकर्तालाई अपिल गर्ने निर्णय गरिएको उल्लेख छ । यस्तै विज्ञप्तिमार्फत चार दलले आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा निर्वाचनमा सहभागी हुन निर्देशन दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७