निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाइएको बैठकमा विवाद


२२ चैत्र २०७८, मंगलवार
Nirwachab aayog election commision Nirbachan

काठमाडौं । निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न मंगलबार बोलाइएको बैठकमा विवाद भएको छ । निर्वाचन आयोगमा साना दलहरूले आचारसंहिता बनाउँदा आफूहरूलाई जानकारी नगराएको र हस्ताक्षर मात्रै गर्न बोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

‘६ दल र निर्वाचन आयोगको सिण्डिकेटबाट आचारसंहिता निर्माण भयो । साना दललाई थाहा छैन । अहिले हस्ताक्षर मात्रै गर्न भनियो’, छलफलमा सहभागी एक नेताले भने ।

छलफलका क्रममा विवाद भएपछि प्रमुुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिता कार्यान्वयन गर्ने मिति तोक्नुअघि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्ने चलन भएको बताए । कसैलाई सही गर्न मन नभए सही नगरी जान सकिने उनको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७