‘निफ’ मा महानगर उत्कृष्ट


२२ चैत्र २०७८, मंगलवार
Niff award HGvpYnqtS1

काठमाडौं । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा अभिनेता दिव्य देवले उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् । अभिनेत्रीतर्फ मेनुका प्रधानले अवार्ड पाइन् । ‘चलचित्र ‘महानगर’ बाट मेनुकाले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचाल्दा ‘चिसो एस्ट्रे’ बाट दिव्य देवले उत्कृष्ट अभिनेताको अवार्ड उचालेका हुन् ।

मोहन राई निर्देशित ‘महानगर’ ले ह्याट्रिक गरेको निफमा अभिनेत्रीसहित लेखन र निर्देशन विधाका समेत अवार्ड प्राप्त गरेको छ । फिचर फिल्मको विधामा ‘चिसो एस्ट्रे’ ले दुई विधामा अवार्ड जित्यो ।

विजेताहरु


अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्म- नो ग्राउण्ड बेनेअथ द फिट

राष्ट्रिय प्रतिस्पर्धातर्फ उत्कृष्ट फिचर फिल्म- वान नाइट इन काठमाडौं स् महानगर

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्री- गोर्खा गर्ल

अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट एनिमेटेड- हर्ट अफ गोल्ड

अन्र्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म- अल सिट

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म- आइस क्रिम

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट सर्ट फिल्म निर्देशक- वचन व्यञ्जनकार (ट्रफी)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म निर्देशक- मोहन राई (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पुरुष कलाकार दिव्य देव (चिसो एस्ट्रे)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म महिला कलाकार- मेनका प्रधान (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म पटकथा- मोहन राई (महानगर)

राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्म छायांकन- उज्ज्वल बस्ताकोटी (चिसो एस्ट्रे)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७