श्रीलंकामा औषधिको चरम अभाव, लगाइयो स्वास्थ्य संकटकाल


२२ चैत्र २०७८, मंगलवार
Sri Lanka1649143314

कोलम्बो । श्रीलंकाले जन स्वास्थ्य संकटकाल घोषणा गरेको छ । औषधि एवं स्वास्थ्य सामग्रीको चरम अभाव भएपछि श्रीलंकाको शीर्ष स्वास्थ्य निकाय गभरमेन्ट मेडिकल अफिसर्स एशोसिएसन (जीएमओए) ले संकटकाल घोषणा गरेको हो ।

अब राज्यले प्रदान गर्ने सेवा सुविधामा आपतकालीन र तत्काल हेरचाह गर्नुपर्ने सेवाहरूलाई प्राथमिकता दिनेइने छ । अधिकांश श्रीलंकालीहरू सरकारी स्वास्थ्य सेवामा निर्भर छन् ।

आर्थिक एवं विदेशी मुद्रा संकटका कारण श्रीलंका विद्युत् कटौती र अभावसँग जुझिरहेको छ । यसले राष्ट्रपति गोताबाया राजापाक्षेको राजीनामा माग गर्दै उनी विरुद्ध व्यापक विरोध निम्त्याएको छ ।

राजापाक्षेको मन्त्रीपरिषद्का सदस्यहरूले राजीनामा दिए पनि उनले राजीनामा दिन अस्वीकार गरेका छन् । यसको सट्टा राष्ट्रिय सरकार गठन गर्न सहयोग गर्न विपक्षीलाई आह्वान गरेका छन् । तर उनीहरू सबैले राष्ट्रपतिको आह्वानलाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७