लमजुङका आठै स्थानीय तहमा तालमेल गर्ने निर्णय


२२ चैत्र २०७८, मंगलवार
chunab

लमजुङ । सत्ता गठबन्धनमा आबद्ध दलहरूले लमजुङमा पनि चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । गठबन्धनमा आबद्ध दलहरूको जिल्ला समितिको आज बसेको बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जिल्लाका आठवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत चुनावी तालमेल गर्ने निणर्य गरेको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति डा. टकराज गुरुङको अध्यक्षतामा बसेको बैठकले गुरूङको संयोजकत्वमा स्थानीय तह निर्वाचन जिल्ला संयन्त्र बनाउने निर्णय पनि गरेको छ । संयन्त्रमा नेकपा (माओवादी केन्द्र) का जिल्ला समन्वय संयोजक मधु अधिकारी गुरुङ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७