उदयपुरमा विद्यालय हिंडेकी किशोरीको बाटैमा हत्या, खोलामा भेटियो शव


२२ चैत्र २०७८, मंगलवार
kabita sunuwar1649150567

उदयपुर । उदयपुरमा पढ्नका लागि विद्यालय जाँदै गरेकी एक किशोरीको मंगलबार बिहान बाटैमा हत्या भएको छ । उदयपुरको बेलका नगरपालिका-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको अतिरिक्त कक्षा लिन घरबाट निस्किएपछि हत्या भएको हो ।

उक्त विद्यालयको १० कक्षाकी छात्रा कविताको शव बुधबार बिहान विद्यालय गइरहेका बेला स्थानीय यशोदा खोलामा हत्या भएको प्रधानाध्यापक सूर्यनारायण साहले जानकारी दिए ।

‘विद्यालयमा नियमति अध्ययनरत छात्राको बाटैमा भएको यो क्रुर र हिंस्रक घटनाको हामी भर्त्सना गर्दछौँ’, साहले भने, ‘यसले आमनागरिक र विशेष गरी बालबालिहरुको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्धन हुन नसकेको देखिएको छ। यसतर्फ ध्यान दिन सरोकारवालासँग आग्रह गर्दछौँं ।’ कविताको गाउँबाट विद्यालयसम्म पुग्ने बस्ती नभएको आधा घण्टाको बाटोमा हत्या भएको हो । साहले घटनालाई लिएर छानबिन गर्न पनि प्रहरीसँग माग गरेका छन् ।

hatya

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७