इमरान खान गरेको संसद विघटनको निर्णय सर्वोच्चद्वारा बदर, बल्झियो राजनीतिक संकट


२२ चैत्र २०७८, मंगलवार
pakistan supreme court

काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री इमरान खानले गरेको संसद् विघटनको निर्णय बदर गरेको छ । पाकिस्तानका प्रधानन्यायाधीश उमर अता बन्दियालको इजलासले संविधानको धारा ५ अनुसार सभामुखले अविश्वासको प्रस्ताव अस्वीकार गर्न नसक्ने भन्दै संसद् विघटनको निर्णष बदर गरेको हो ।

अदालतको आदेशसँगै देशमा थप राजनीतिक र संवैधानिक संकट निम्तिएको छ । पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि पाँच सदस्यीय संवैधानिक बेन्चले एक दिन अघि दायर मुद्दामा पुनः सुनुवाइ सुरु गरेको थियो ।

अविश्वासको मत खारेज गर्ने निणर्यले विपक्षी दलहरूलाई आक्रोशित बनाएको थियो र उनीहरूले सो निणर्यविरुद्ध अदालतमा पुनरावेदन गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७