राष्ट्रपतिद्वारा पाँच वटा अध्यादेश जारी


२३ चैत्र २०७८, बुधबार
Bidhya Bhandari

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार साँझ राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
जारी भएका अध्यादेशहरू

१. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ।

२. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ ।

३. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ ।

४. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ ।

५. नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय ) (पहिलो संशोधन) अध्यादेश २०७८ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७