बेनिघाट गाउँपालिकाका अध्यक्ष : एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमै फर्किए


२३ चैत्र २०७८, बुधबार
PittaBahadur Dallakoti1649171846

काठमाडौं । सोमबार एमाले प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी फेरि माओवादी केन्द्रमा फर्किएका छन् ।

हिजो एक विज्ञप्ति जारी गर्दै उनले आफू माओवादी केन्द्रमा फर्किएको बताएका छन् । ‘मभित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रूपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनीघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षतिप्रति गम्भीर रूपमा आत्माआलोचना गर्न चाहन्छु । आगामी दिनमा माओवादी केन्द्रमा रही पार्टीको निणर्य अनुसार क्रियाशील हुन्छु’, उनले विज्ञप्तिमा भनेका छन् ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा उनलाई आफ्नो प्रवेश गराएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७