नापी कार्यालय चाबहिलका दुई कर्मचारी एक लाख घुससहित पक्राउ


२३ चैत्र २०७८, बुधबार
pakrau
फाइल फोटो

काठमाडौं । नापी कार्यालय चावाहिलका दुई कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र अमिन प्रकाशराज भट्टराईलाई ललितपुरको लखनखेलबाट पक्राउ गरेको हो ।

आयोगका एक अधिकारीका अनुसार बुढानिलकण्ठ नगरपालिका-३ मा रहेको १२ आना जग्गा हाल साविक गर्नका लागि भन्दै उनीहरुले घुस लिएका थिए ।

एक लाख रुपैयाँ घुस लिएर बुढानिलकण्ठबाट निवासतर्फ गइरहेको बेला ललितपुरको लखनखेलको सडक किनाराबाटै उनीहरुलाई पक्राउ गरिएको अख्तियारका एक अधिकारीले जानकारी दिए । उनीहरुमाथि कानुनी कारबाहीको लागि थप अनुसन्धान सुरु गरिएको अख्तियारका एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७