श्रीलङ्कामा ४१ सांसदले गरे गठबन्धन छाड्ने घोषणा, समर्थन फिर्तासँगै संकटमा सरकार


२३ चैत्र २०७८, बुधबार

काठमाडौं । श्रीलङ्कामा सत्तारुढ दलकासहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ ।

उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । गोटावायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । सन् २०१९ मा भएको चुनावमा सत्तारुढ गठबन्धन १४५ सिटमा विजयी भएको थियो । संसदमा २२५ सदस्य छन् । आर्थिक संकट भोगिरहेको श्रीलङ्कामा राष्ट्रपति राजापक्षको राजीनामा माग्दै प्रदर्शन भइरहेका छन् ।

राष्ट्रपति गोटावायले प्रतिपक्षी दललाई राष्ट्रिय सरकारका लागि आह्वान गरी मन्त्रिपरिषदमा आउन आग्रह गरेका छन् । नव नियुक्त अर्थमन्त्री अली सब्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गरेका थिए ।

विदेशी मुद्राको सञ्चिति नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक संकट हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७