उखु किसानको आमरण अनसनः सबै पार्टीको समर्थन


१० चैत्र २०७४, शनिबार
22

सर्लाही, १० चैत । एक मुठी सास र एक थोपा रगत रहुन्जेल म किसानको पक्षमा लडिरहन्छु भन्दै हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहवुव रेजा आमरण अनसनमा बसेका छन् ।

22

उखु किसानले उखुको भुक्तानीका लागि पटक पटक ध्यानाकर्षण गराउँदा समेत उद्योगले भुक्तानीका लागि कुनै चासो नदिएको भन्दै उनले शनिबारदेखि आमरण अनसन थालेका हुन् । उखुको भुक्तानी माग गर्दै आन्दोलनमा साथ दिएका अध्यक्ष रेजाकै नेतृत्वमा हिजो इंन्दुशंकर चिनी उद्योगको मूल गेटमा ताला लगाई उद्योगको प्रशासन ठप्प पारिएको थियो ।

उद्योगलाई उखु बुझाएको साँढे तीन महिना वितिसक्दा समेत किसानलाई उखुको भुक्तानी नदिएको भन्दै आमरण अनसन सुरु गरेको नेपाल उखु उत्पादक किसान संघका केन्द्रीय अध्यक्ष राजकुमार उप्रेतीले बताए ।
यसैबीच, नेपाल उखु उत्पादक किसान संघ, मिलगेट उखु उत्पादक समिति, नेपाल उखु उत्पादक संघले अहिले दिउसो २ बजे उखुको भुक्तानीको माग गर्दै इंन्दुशंकर चिनी उद्योगको मुलगेट बाटै जुलुस निकाल्ने भएका छन् । किसान आन्दोलनमा विभिन्न किसान संघ संगठन, राजनीतिक दल लगायतले ऐक्यवद्धता जनाएका छन् ।

1 1
नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीले उखुको भुक्तानी माग्दै किसानले सुरु गरेको आन्दोलन जायज भएको भन्दै समर्थन गरेका छन् । त्यस्तै माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका २ नम्बर प्रदेश इंन्चार्ज ध्रुवप्रसाद ढकालले पनि प्रेस विज्ञप्ति निकाल्दै उखु किसानहरुको आन्दोलन प्रति ऐक्यवद्धता जनाएका छन् ।
त्यसैगरी सर्लाही क्षेत्र नम्बर ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य डिल्ली उप्रेती, सर्लाही क्षेत्र नम्बर ३ कै पूर्व निर्वाचित सांसद हरि उप्रेती, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई, उपमेयर रेणुका पौडेल, सवै वडाका वडाध्यक्षहरु, समाजसेवी विदुर प्याकुरेल, चुडामणि वाग्ले, भरतकुमार कार्की, माओवादी नेता कमल बुढाथोकी लगायतले समेत ऐक्यवद्धता जनाएका छन् । शनिबार दिउँसो ४ बजे सरकार र किसान प्रतिनिधिबीच काठमाडांैंमा हुने वार्तामा ठोस निर्णय नआए हरिवनका वडा ८, ९ र १० वडा अध्यक्ष पनि आमरण अनसनमा बस्ने उनीहरुले बताएका छन् । तर चिनी उद्योगले भने चिनी बिक्री नभएकोले उखुको भुक्तानी दिन नसकिएको बताउँदै आएको छ ।

अच्यूतम सापकोटा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७