राजेश पायल राईको स्वारमा शुसान्त खत्रीको अभिनय (भिडियो सहित)


१० चैत्र २०७४, शनिबार
rajesh payal rai ra susanta khatri

 

काठमाडौं: राजेश पायल राईको स्वारमा रहेको  ‘यो मुटु दुख्छ किन’ भन्ने गितमा सुशान्त खत्रीको अभिनय गरेको पहिलो म्युजिक भिडियो आज सार्वजनिक भएको छ ।rajesh payal rai ra susanta khatri

सुशान्त खत्रीले केहि समय अगाडी भारतीय चर्चित डान्स रियालिटी शो ’डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडी नृत्य गरेर चर्चामा छ । सलमानको सुपरहित चलचत्रि तेरे नामको शिर्ष गीतमा आफ्नो नृत्य प्रस्तुत गरेर सलमान र कट्रिना दुबैलाई सुशान्तले रुवाएका थिए ।

पछिल्लो समय पारिवारिक भेटघाटका लागि नेपाल आइपुगेका सुशान्तले शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नृत्य गरेका हो।गीतमा उनि एक्लै फिचरीङ छन्। सार्वजनिक गीतमा दर्पण राईको शब्द र संगीत रहेको छ भने यसलाई राजेश पायल राइले गाएका छन्।

गीतको कोरियोग्राफ राजिव समरसंग मिलेर सुशान्तले नै गरेका हुन। यसमा अनिल के मानन्धरको छायाँकन, विजय बस्यालको ग्राफिक्स, सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

https://www.youtube.com/watch?v=R8veIDvSNdw

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७