युक्रेनको मकारिभमा भेटिए १३२ शव


२६ चैत्र २०७८, शनिबार
Makariv man prays OmotGeArTf

किभ । युक्रेनको किभ क्षेत्रमा रहेको मकारिभमा १३२ आम नागरिकको शव फेला परेको छ । रुसी सेना फिर्ता गरेसँगै त्यहाँको अवस्था जाँच गर्ने क्रममा १३२ आम नागरिकको शव फेला परेको त्यहाँका मेयरले बताएका छन् ।

लामो समयसम्म उक्त क्षेत्रमा आक्रमण गरिरहेको रुसी सेना अहिले किभ तथा युक्रेनको उत्तरी क्षेत्रबाट फिर्ता गएको छ । मकारिभका मेयर भादिम टोकरले दिएको जानकारीअनुसार अहिले भेटिएका शवले रुसी सेनाले गोली हानी उनीहरुको हत्या गरेको देखाएको छ ।

मेयरका अनुसार सहरका अधिकांश भवन ध्वस्त भएका छन् । अपार्टमेन्ट तथा अन्य भवनमा बमबारी गरिएको छ भने अस्पताल पनि ध्वस्त पारिएको छ । रुसले आक्रमण गर्नुभन्दा पहिला करिब १५ हजारभन्दा धेरै मानिसको बसोबास रहेको यो सहरमा अहिले एक हजारभन्दा कम मानिस छन् ।

बिस्तारै मानिसहरु फर्किने क्रम जारी रहेको र ध्वस्त संरचनाहरु हटाउने काम सुरु भएको टोकरले बताए । उनका अनुसार करिब ४५ प्रतिशत सहर ध्वस्त भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७