बागमती प्रदेश सरकारले बढायो बस, ट्रक र ट्याक्सीको भाडा (सूचीसहित)


२६ चैत्र २०७८, शनिबार
bus2020 03 22 06 25 01

काठमाडौं । बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ देखि लागू हुनेगरी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधन प्रयोग गर्दा लाग्ने भाडा बढाएको हो ।

वृद्धि गरिएको भाडादरअनुसार वैशाख १ देखि यात्रुवाहक सवारीसाधनमा ५, १०, १५, २० र २० किलोमिटर भन्दा बढीको यात्रा गर्दा क्रमशः २०, २५, ३०, ३३ र ३८ रुपैयाँ लाग्नेछ ।

यस्तै ट्याक्सीको भाडा पनि बढाइएको छ । बागमती प्रदेश सरकारले जारी गरेको सूचनाअनुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीमा सुरु फ्लाग डाउनमा रु. ५० कायम गरिएको छ । यस्तै प्रति दुई सय मिटरको १० रुपैयाँ, प्रतीक्षा शुल्कको विषयमा प्रतिमिनेट २० रुपैया, राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रति दुई सय मिटरको १५ रुपैयाँ भाडा कायम गरिएको छ ।
हेर्नुस् गाडी भाडादर

1 3
2 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७