कमल थापाले सूर्य चिह्नमा चुनाव लड्छौं भनेपछि रावलको कटाक्ष : ‘रामाले’ दल उत्पन्न हुने भो त ?


२६ चैत्र २०७८, शनिबार
bhim rawal kamal thapa

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नेकपा एमालेकै चुनाव चिह्न सूर्य लिएर भाग लिन इच्छुक रहेको बताएपछि एमालेका नेता भीम रावलले कटाक्ष गरेका छन् ।

नेता रावलले अब मुलुकमा ‘जबजमले ! भन्ने सिद्धान्त बोकेको पार्टी जन्मने भयो त भनी व्यंग्य गरेका छन् । ‘राप्रपा थापाले एमालेको सूर्य चिह्न आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन्’, रावलले लेखेका छन्, ‘उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ! समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७