प्रचण्डले भावुक हुँदै यसरी सम्झिए दिवंगत छोरी र छोरा


२६ चैत्र २०७८, शनिबार
prachanda UsLiOB9rud

चितवन । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार गृह जिल्ला चितवनमा आयोजित एक कार्यक्रममा भावुक हुँदै आफ्ना दिवंगत छोरी र छोरा सम्झिएका छन् ।

प्रज्ञा स्मृति प्रतिष्ठानले शनिबार भरतपुरमा आयोजना गरेको साइक्लिङ म्याराथन समापन समारोहमा उनले ज्ञानु दाहाल र प्रकाश दाहाललाई सम्झिएका हुन् ।

‘हाम्रो लागि हाम्रो परिवारको लागि प्रज्ञा स्मृति प्रतिष्ठान स्वभावैले निकै संवेदनशील र भावुक बनाउने प्रतिष्ठान हो । यहीं जन्मेर, यहीं हुर्केर, यहीं साइकल चलाउने बच्चैदेखि प्रकाश या ज्ञानु, उनीहरू स्मृतिमा प्रतिष्ठान हुनु र उसको आयोजनामा यो कार्यक्रम सम्पन्न हुनु आफैंमा निकै संवेदनशील छ हाम्रो लागि’, प्रचण्डले भने, ‘सामाजिक सेवाको काममा ज्ञानु दाहालको र राजनीतिको क्षेत्रमा प्रकाश दाहालको, सानै उमेर भए पनि बच्चैदेखि संलग्नता थियो । खेलमा विशेष रूपले प्रकाशको अलि बढी नै संलग्नता थियो, रुचि थियो । साइक्लिङमा पनि त्यत्ति नै रुचि थियो ।’ उनले साक्लिङ स्वास्थ्य र पर्यावरण संरक्षणका लागि निकै फाइदाजनक रहेको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७