मारिउपोलमा अझै युक्रेनको नियन्त्रण छ : थिङ्कट्यांक


२६ चैत्र २०७८, शनिबार
mariupol hospital attack zANeBZgqAd

किभ । रुसले युक्रेनमाथि गरेको आक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको शहरमध्येको एक मारिउपोल अझै पनि युक्रेनको नियन्त्रणमा रहेको एक संस्थाले बताएको छ ।

इन्स्टिच्युट फर स्टडी अफ वारले अहिले पनि युक्रेनी सेनाले निरन्तर रुसी आक्रमणविरुद्ध प्रतिकार गरिरहेको बताएको छ । युक्रेनी सेनाले मारिउपोलको पूर्वी दक्षिणपश्चिमी क्षेत्रमा भइरहेको आक्रमणको कडा प्रतिरोध गरिरहेको इन्स्टिच्युटले बताएको हो ।

त्यस्तै युक्रेनी सेनाले खेर्सन शहरमा पनि रुसी सेनामाथि जवाफी आक्रमण गरिरहेको इन्स्टिच्युटले बताएको छ । खेर्सनको पश्चिमी क्षेत्रको धेरै भू-भागमा युक्रेनको सेनाले आफ्नो अधिकार जमाइसकेको छ ।

रुसले आफ्ना सेनालाई पुनर्संगठित गर्दै पूर्वी भागमा आक्रमणको तयारी गरिरहे पनि कमजोर मनोबलको कारण त्यो सम्भव हुन नसकेको इन्स्टिच्युटको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७