मर्निङ वाकमा जाँदा हात्तीको आक्रमणबाट मृत्यु


२६ चैत्र २०७८, शनिबार
elephant 1
सांकेतिक तस्वीर

इलाम । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तीले आक्रमण गर्दा चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको मृत्यु भएको हो ।

बिहान मर्निङ वाकमा निस्किएका उनलाई जङ्गली हात्तीले आक्रमण गरेको हो । घाइते उनलाई उपचारका लागि झापाको दमकस्थित एड्भान्स अस्पताल भर्ना गरिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जङ्गाबहादुर थापाले जानकारी दिए । घरबाट करिब दुई सय मिटर टाढा उनलाई हात्तीले आक्रमण गरेको हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७