एकीकृत समाजवादी एमाले जस्तो क्विन्टलको होइन, दशौं टनको हुँदैछ : झलनाथ खनाल


२६ चैत्र २०७८, शनिबार
jhalanath khal

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् ।

ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्विीटल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशाैं टनको बनिरहेको दावी समेत गरे । शनिबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्ला-जिल्लामा जान पनि ओलीलाई चुनौती दिए ।

सम्मानित नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे । उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । सम्मानित नेता खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने दावी समेत गरे ।

नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान समेत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७